बुद्ध र मौनता

जसले चुप रहन जानेको छ, उसैको बोल्ने हक हुन्छ। जो शान्त बस्न जानेको छ, उसले बोले सौभाग्य हुन्छ। त्यसैले जो चुप हुन जाने, उनीहरुलाई हामीले बोल्न बाध्य बनाइदिएका धेरै उदाहरण छन्। भनिन्छ, जब बुद्धलाइ ज्ञान प्राप्त भयो, उनि अझै सात दिन सम्म चुपचाप बसे। त्यो मौनता यति माधुर्य रहेछ, यति आनन्ददायक रहेछ कि उनलाई केहि बोल्ने ईच्छा नै जागेन। भनिन्छ, त्यसबेला देबलोक नै थरथराउन थाल्यो रे, आखिर कहीं देबलोक भन्ने ठाउँ भएको भए पक्कै थरथरायो होला पनि। सृष्टिकर्ता ब्रम्ह स्वयं डराएका थिए रे ।

हुन पनि जुग बित्छन, हजारौं हजार साल बित्छन अनि मात्र कसैलाई बुद्धत्व प्राप्त हुन्छ। अनि यसरी शिखरमा रहेका बुद्ध बोळीदिनाले नै अँध्यारा गल्लीमा भड्किरहेका हामि प्राणीहरुले मार्गदर्शन पाऊँछौ।  हामी त आँखा उठाएर माथि शिखरमा हेर्ने चेस्टा समेत गर्न सक्दैनौ, हाम्रा काँध नै बोझिला भैसकेका छन्। बस यता उता घिस्रिएर जीबन गुजारा गरिरहेका छौं। त्यसैले सहि मार्गदर्शन पाउन बुद्धलाइ पुकार्नु अनि मनाउनै पर्छ ।

भनिन्छ, ब्रम्ह सहित सारा देबगण बुद्धको सामुन्ने प्रकट भएर बुद्धको चरणमा झुके रे। त्यसैले देबत्व भन्दा पनि उच्च छ बुध्वत्व। कारण: देबीदेवता पनि बुद्ध बन्ने चेस्टा राख्दछन। उनीहरु सुखी होलान, स्वर्गमा होलान तर उनीहरुलाई अझै मुक्ति मिल्न सकेको छैन, मोक्ष भन्दा धेरै पर छन्। उनीहरुको मनबाट लालसा अझै समाप्त भइसकेको छैन। तृष्णा र प्यास अझै मेटिएको छैन, सुन्दर स्त्री एवं सुन्दर पुरुष पाएका छन्। स्वर्गमा पत्थर पाइदैनन रे, हिरा जबराहत मात्र हुन्छन रे। शुद्ध मणिले बनेका पहाडहरु  हुन्छन रे। फुल यस्ता फुल्छन कि कहिल्यै ओइलाउदैनन् रे। “परम् सुख” रे ।

तर सुख र दुख एउटै सीक्काका दुइ भाग हुन्, दुखबाट सुख पाउनु र सुखबाट दुख पाउनु रित नै हो। कोहि स्वर्गमा पुगेका छन्, कोहि नर्कमा पुगेका छन्। जो नर्कमा छन् उनीहरु नर्कबाट बच्न चाहन्छन, जो स्वर्गमा छन् उनीहरु पनि नर्कबाट बच्न चाहन्छन। सबै चिन्तित छन्। सबै पिडित एवं चिन्ताग्रस्त छन्। जो नर्कमा छन् उनीहरुले लोभको कारण पाप गरे, स्वर्ग पुग्नेले पनि लोभकै कारण पुन्य गरे – त्यसैले लोभमा कुनै फरक छैन ।

बुध्वत्वको चरणमा ब्रम्हाण्ड झुक्यो। ब्रम्हले बिनम्र भएर बिन्ति चढाए; ‘आज तपाइँ बोल्नु भएन भने प्रलय हुनेछ। आज यो सिलसिला सुरु भयो भने परम्परा नै तोडिन्छ। बुद्ध सदा बोल्नै पर्छ। जसले बोल्ने क्षमता पाएको छ, उसले बोलिदिनु पर्छ, जसले गर्दा अन्धाले उज्यालो पाउने छन, अँध्यारोमा भट्किएकाहरुले बाटो पहिल्याउने छन्। त्यसैले तपाई मौन नबसिदिनुस, केहि बोलिदिनुस । ‘

यसरी ब्रम्हले ब्रम्हाण्ड जोगाउन बुद्धलाइ बोल्न राजी गराए रे ।

कथाको सार यति हो कि जब तिमीमा ज्ञान भएर पनि मौन बसिदिन्छौ त तिम्रो अस्तित्व नै प्रार्थना गर्न थाल्छ कि तिमी बोलिदेउ भनेर; तिम्रो मनमा करुणा जगाइदिन्छ। तीमी नबोले उसलाई थाह नै हूँदैन कि कुन बाटो जाने भनेर, उसलाई सहि मार्गको कुनै जानकारी हूँदैन। तिमी आफै अज्ञानी छौ भने त तिम्रो अस्तित्व कुनै दिन अबश्य नै बिस्तारै अँध्यारोमा हराउन सक्छ, त्यसैले ज्ञान हासिल गर, आफ्नो मार्गनिर्देशक आफै बन आफ्नो अस्तित्व जोगाउ। तब मात्रै तिमी जिबनमा सहि निर्णय लिन सक्नेछौ ।

एक पटक ध्यानमामा लीन भइसकेपछी, जब ध्यानको वीणाबाट संगीत बजेको अनुभूति हुन्छ, तब ज्ञान प्राप्त हुन्छ, तब शास्त्र निर्माण हुन्छन। हामीकहाँ भएका शास्त्रहरु यस्तै ध्यानीहरुका बाणी हुन् जसले ज्ञान हासिल गरिसकेका थिए। यस्ता व्यक्तिको बाणी नै उनीहरुको शस्त्र हुन्छन, उनीहरुको आप्त हुन्छन। जसले बेदहरुको पुनर्जन्म हुने गर्दछन ।

सबै भन्दा पहिला त मौनता सिक अनि त्यसैमा डुबेर ज्ञान हासिल गर्न लाग।  अनि छिट्टै त्यो घडी आउनेछ। जब तिमीले ज्ञान प्राप्त गर्नेछौ तब तिम्रो शुन्यताबाट आवाज निस्किन थाल्ने छ। जुन आवाजमा प्रामाणिकता र सत्यता हुनेछ। किनभने त्यो बेला तिमी कसैको डरको कारण बोलेको हुनेछैनौ, कसैसंग केहि माग्नको लागि बोलेको हुने छैनौ। त्यो बेला तिमी अरुलाइ दिनको लागि बोलेको हुनेछौ, त्यसैले तिमी निर्भय हुनेछौ। तिमीले दिएको कसैले लिए लिन्छन नलिए पनि ठिकै छ। जसले लिन्छन, उनिहरुको सौभाग्य, जसले लिदैनन उनीहरुको दुर्भाग्य। तिमीलाई केहि फरक पर्दैन, जे तिमीले पाएको छौ त्यो बाँढ मात्रै। यसले गर्दा तिमीलाई कसैले लाल्छना लगाउन पाउने छैन कि तिमी कृपन थियौ, कपटी थियौ, जे पायौ लुकाएर राख्यौ। तर यस्तो कहिल्यै भएकै छैन, न कहिल्यै हुने नै छ। किनकि यो तिमीले पाउँदा नै स्वत तिम्रो मनमा यस्तो अभिप्सा आउँछ कि तिमीलाई भित्रै देखि बाढ्ने इच्छा पलाएर आउनेछ। जस्तै जब कुनै फुल फुल्न थाल्छ, उसको फुल्नु भनेको उसको सुगन्ध बाँढिनु पनि हो। कुनै फुलले म फुल्छु मात्रै, तर मेरो सुगन्ध कसैलाई बाड्दीन भनेर भनेमा त्यो बिल्कुलै असम्भब हुनेछ ।

त्यसैले ब्रम्ह नआए केहि फरक पर्दैन। तर बुद्ध बोल्नै पर्छ। फुल फुलेपछि, सुगन्ध छर्नै पर्छ, दियो बलेपछी प्रकाश फैलिनै पर्छ। त्यसरी दियोलाइ प्रकाश फैलाउन आग्रह गर्न कुनै ब्रम्हको आबश्यकता पर्दैन । कथा त उदाहरण मात्रै हो । प्रथमत: मौन हुन सिक, त्यसपछि सत्य बाणी बोल ।

प्रारम्भमा बिचलित नहुनु, नडराउनु। पाखण्ड आँफै टुट्नेछ।

“पहिला चुप थियो, अनि पागल भयो र अहिले बेहोश छ । ”

तिमीले सँधै यस्तै प्रतिक्रिया पाई रहनेछौ। किनभने जब तिमी यता मौन रहने छौ, उता खबर फैलिन थाल्ने छ कि तिमी पागल भयौ।  तिमीलाई पागल भनेन भने अरु पनि तिम्रै पद्छाप पहिल्याउन आतुर हुनेछन। त्यसकारण दुनिया यसरी आफ्नो रक्षा गर्ने गर्दछ। किनभने तिम्रो चमक देखेपछि अरुको मनमा खुल्दुली हुन्छ, तर तिमी जस्तो हुन उनीहरुले आफुमा धेरै परिवर्तन ल्याउन सक्नु पर्छ, धेरै सम्झौता गर्नुपर्छ; जिन्दगीकै ढाँचा फेर्नुपर्छ जुन धेरै मुश्किल छ ।

कृपया उल्था गरिएको हुनाले गल्ती भएका हुन सक्छन, त्यसको लागि क्षमाप्रार्थी छु

Advertisements

One thought on “बुद्ध र मौनता

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s