महात्मा गान्धी र हरिदास

कोहि कसैलाई सुधार्नको लागि लालयित हुन्छ, तर उ सुध्रिन नै चाहदैन भने कसैको केहि लाग्दैन | यो संसारमा कसैलाई बलजफ्ती सुधार्ने उपाय छैन | बलजफ्ती गरेर सुधार्न खोजियो भने उ झन् बिग्रिन तिर बिमुख हुँदै जानसक्छ | कतिपय बेलामा बाबुको सज्जनता नै उसको छोरा बिग्रिनुको मुख्य कारण भैदिन सक्छ | उदाहरणको लागि महात्मा गान्धी जस्तो सज्जन पिता पाउनु अहोभाग्य हो, त्यस्ता पिता बिरलै पाइन्छन | महान पिताको जुनसुकै उदाहरण होस्, त्यो महात्मा गान्धीसंग मिल्छ | तर उनकै छोरा हरिदास गान्धीको लागि महात्मा गान्धी खराब पिता सिद्ध हुन पुगे | आखिर किन हुन गयो यस्तो?

यो निकै मनोवैज्ञानिक घटना थियो र अहिलेको समयकालको लागि विचारणीय छ | हरेक पिताको लागि विचारणीय छ | महात्मा गान्धी भन्ने गर्थे, हिन्दु मुसलमान एकै हुन् | तर हरिदासको अनुभबमा यो तथ्य झूट थियो | उसको राय पनि केहि हदसम्म सहि हो, फरक पनि हो | किनभने महात्मा गान्धी गीतालाइ माता भन्ने गर्दथे, कुरानलाइ भन्ने गर्दैनथे | महात्मा गान्धी गीता र कुरान एकै भएको बताउँथे, त्यस अर्थमा जे कुरा गीतामा उल्लेखित थियो, त्यहि कुरा कुरानमा पनि हुनुपर्थ्यो त्यसपछी मात्र उनको भनाइ सम्मत हुने थियो, तर कुरानमा जे भनिएको छ जुन गीतामा उल्लेखित छैन भने यी दुवै एकै कसरि हुन सक्छन? कुरानमा गीता खोजेर कहिल्यै पाइंदैन |

हरिदास मुसलमान बने; हरिदास गान्धीबाट उनी अब्दुल्लाह गान्धीमा परिणत भए | महात्मा गान्धीको आत्मसम्मानमा यस कुराले नराम्ररी ठेस पुर्यायो | उनले आफ्ना मित्रसंग आफु पुत्रको यस कार्यले दुखित भएको कुरा सुनाऊँथे | जब हरिदासललाई यो कुरा अबगत भयो, उनले भने, ‘यसमा दुखि हुनु पर्ने कुरा नै के छ र, आखिर दुवै एकै  हुन् भने किन दुखमनाउ गर्नु? अल्लाह इश्वर तेरो नाम भन्ने, सबै बराबर हुन् भन्ने व्यक्तिलाइ म हरिदास गान्धी होऊँ या अब्दुल्लाह गान्धी होऊँ; के फरक पर्छ ?’

तर यो कुराले महात्मा गान्धीलाइ असह्य पिडा हुन गयो |

महात्मा गान्धी सँधै स्वतन्त्रताको कुरा गर्थे, तर आफैं आफ्ना छोराहरु प्रति एकदमै सख्त थिए, र सबैलाइ परतन्त्रतामा बाँधेर राखेका थिए | तर जे जे कुराको निषेध महात्मा गान्धी ले गरेका थिए, त्यहि कुरा हरिदासले गरिदिए | मासु खाए, मदिरा पिईदिए …. निषेधित सबै कार्य गरिदिए | किनभने यदि साँच्चीकै स्वतन्त्रता हुने भए यी सबै निषेध किन? यो नगर, त्यो मात्रै गर भन्ने मान्नु पर्यो भने त्यो कस्तो स्वतन्त्रता? स्वतन्त्रताको नाममा सब किसिमका परतन्त्रका नियम लगाइए| यतिबेला उठ, अनि यतिबेला सुत, यतिबेला प्रार्थना गर, यतिबेला खाउ, यो खाउ, त्यो नखाउ, त्यो नपिउ भनेर महात्मा गान्धीले सबै किसिमका नियम लागु गरिदिएका थिए स्वतन्त्रताको नाममा | अनि हरिदासले जे-जे नगर्ने भनेर महात्मा गान्धीले भन्ने गर्थे, त्यहि त्यहि कार्य गरिदिए | तसर्थ, यी नियम उल्लङ्घन गरेर कहिँ केहि अड्चन आएमा हरिदास मात्र फस्ने थिएनन्, त्यसको जिम्मेबार महात्मा गान्धी पनि हुनु पर्थ्यो | किनकि प्रथमत: उ बाबु थिए, त्यसमाथि यी सब नियम उनैले बनाएका थिए |

जुनसुकै सन्तान गलत कार्यमा फसेमा उसको पिता स्वत: फस्नेछ | सन्तान फस्ने, पिता उम्किने भन्ने कुरा कदापि हुनै सक्दैन | जे गरे पनि गर, दुख भोग्न ठिक लाग्छ भने ठिकै छ, दुख भोग, तेरो यहि निर्णय हो भने त पूर्ण स्वतन्त्र छस भनेर जिम्मेबारीबाट पन्छिने कोशिस गरौला; तर तिमीलाई नै पिडा हुनेछ | सन्तानको अबनती हेरिरहनु तिम्रो बाध्यता हुनेछ, जसको फल तिमी भोग्ने छौं |

तिमीलाई अबश्य दुख लाग्छ जब तिम्रो छोरा गलत कार्य गर्छ, तिमीलाई यसकारण दुख लाग्छ किनभने त्यो तिम्रो मोह हो कि तिमी उसलाई छोरा मान्छौ | त्यसैले दुख पाऊँछौ | यो उसको कसूर होइन | यदि मेरो सन्तान पनि अपराधी भएर जेल जान्छ भने मलाइ दुख लाग्नेछ, किन भने उ जेल जानाले मेरो अहंकारमा चोट लाग्छ |

त्यसैले तिमी स्वयं बदलिन तिर लाग | जुन दिन तिमी बद्लिनेछौ, त्यस दिन तिम्रो सन्तान मात्र होइन अरुका सन्तान पनि तिम्रो सामु आएर बदलिनेछन |

साभार
ओशो
ताओ उपनिषाद , भाग ३
प्रबचन – ६४

Advertisements

One thought on “महात्मा गान्धी र हरिदास

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s