दुख

एक दिन को कुरा हो | एउटा मान्छे आफ्नो दाढ़ी कपाल मिलाउन हजामको मा गएछ | हजाम कपाल काट्न थाल्यो, त्यत्तिकैमा उनिहरु बिच बार्तालाप पनि हुन थाल्यो, धेरै बिषयमा कुरा गर्नथाले | त्यतिकैमा भगवानको कुरा निस्कियो अनि हजामले भन्यो; “यो संसारमा भगवान छन भनेर त म बिश्वास नै गर्दिन |”

“किन त्यस्तो भन्यौ” ग्राहक ले सोध्यो

“यहाँबाट निस्केर बाहिर सड़कमा हेर्नुस, यो संसारमा भगवान भएको भए यत्तिका दुखि अनि बिरामी मान्छे कसरी हुन सक्थे? कोई अनाथ किन हुन्थ्यो? भगवान् हुने नै भैदिएको भए कसैलाई पनि पीडाको सामना गर्नु पर्दैनथियो होला|
यदि भगवान् छन र भएर पनि अरुको दुख देख्न सक्छन भन्ने कुरा त म म कल्पना पनि गर्न सक्दिन |”

ग्राहक मौन बस्यो र उसलाई कुनै जवाफ फर्काएन, किनभने उसलाई यो कुरामा कुनै बादबिबाद गर्नु थिएन |

हजामले आफ्नो काम सक्यो अनि ग्राहक आफ्नो बाटो लाग्यो |

सड़कमा निस्केको केही क्षणमा उसले एउटा पागल जस्तो मान्छे फोहोर, लामो, कपाल र दाढ़ी सहित हिँडिरहेको देख्यो | लामो लामो नङ भएको त्यो ब्यक्ति एकदमै फोहरी देखिन्थ्यो | त्यसपछि त्यो ग्राहक फेरी उही हजाम को मा फर्कियो र भन्यो, ” यो संसारमा हजाम पनि छन भनेर म बिश्वाश गर्दिन |”

“यो के भन्दै हुनुहुन्छ?” हजाम छक्क पर्दै सोध्यो “म यहाँ छू, हजाम हूँ म, भर्खरै तपाईकै कपाल काटेको हूँ |”

“होइन” ग्राहक चिच्याउँदै बोल्यो “यदि यो संसारमा हजाम भन्ने कुरा भईदिएको भए बाहिर भएको मान्छे जसरी कोही मान्छे पनि फोहोर र लामो दाढ़ी कपाल लिएर हिड्ने थिएनन् |”

“ओह यत्ति कुरा मा हजाम नै छैनन भन्न त मिल्दैन, त्यो मान्छे यस्तो फोहरी छ किन की उ म भएको ठाउँमै आउदैन |”

“हो यसरी नै भगवान नै छैनन पनि भन्न मिल्दैन, भगवान छन यो संसार मा, फरक यत्ति हो की अनेक मान्छेहरु भगवान् छन भनेर बिश्वाश गर्दैनन, आस्था राख्दैनन त्यसैले मानिस हरु दुखि हुन्छन् |दुखि भएर मेरो चरणमा सबै आइदिउन भनेर दुख दिने पनि होइनन भगवान, तर प्राणीमा दुख पीडाको अनुभब भएपछि मात्र सुखको अनुभूति गर्न सक्ने कमजोरी भएकोले सुख संग परिचय गराउनको लागी दुख बनाइदिनु भएको हो |”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s