Moods Nishank

हिंड्दा हिंड्दै अचानक
एउटा बिचित्र रन्नभुलमा
अनायासै म हराएँ !!

कुन्नी भुल थियो कि फुल थियो
जे भए पनि सुन्दर थियो
त्यसैलाई मन पराएँ !!

आजलाई बिर्सेर भोली बाँचेर
हुने-नहुने अड्कल लगाउँदा
रोकिएँ म एक्कासि डराएँ !!

न खोस्ने हिम्मत आयो
न गुमाउने साहस जुटाएँ
सँधै आफुलाई दोधारमा पाएँ !!

झिनो आवाजमा केहि बोलें
कोलाहलमै बिलाएर गयो
अनि लाग्यो व्यर्थै कराएँ !!

अघि बढौं कि पछी सरौं अब
थकित ‘म’ कसो गरौँ अब
अन्यौलको बेगमा एक्लै फरफराएँ !!

Leave a comment