​हामी महात्म्य

logo_We-460x240

असभ्य हरुको जमात हामी

कान लग्यो भनेर
छाम्दै नछामी
हेर्दै नहेरी
काग समाउन दौडिन्छौं
अनि बजारिन्छौँ
अनि दुख्छ
अनि कागै लाइ सराप्छौँ।
———————-
हामी गलत गर्दै गर्दैनौं
गल्ती हाम्लाई गर्नै आऊन्न
अनि के लाइ चाहियो
नियम कानुन?
नियम कानुन सुन्यो की
तोड्न मन लाग्छ
गतिलो चिज देख्यो कि
फोड्न मन लाग्छ।
———————-
अड्डा अदालत भन्या के हुन्?
चाहिए पो थाह हुन्थ्यो
हाम्लाई न्याय चाहिए
चित्त नबुझे
मुड चले
बाटो बन्द गर्दिन्छौं
​भनेको पुग्नु पर्यो हाम्लाई
नत्र देश खरानी पार्दिन्छौँ।
———————-
केलाइ दुख गर्नु फँक्कैमा?
एक दिन त अवश्य
बिदेशी आउनेछन
हाम्रा दुख देखेर
प्रोजेक्ट ल्याउने छन्
मोटर दैलोमै ल्याईदिनेछन
बिजुली बाल्दिनेछन

देश उज्ज्यालो हुनेछ।

Moods – И®ℬ

Advertisements

8 thoughts on “​हामी महात्म्य

  1. छोटो मिठो राम्रो सुहाउदो । अर्थ भने उपन्यास जत्रो । गज्जप लेख्न भो ।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s