पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा गन्ने झारको प्रकोप

करीब एक दशक अघिसम्म पोखरा र लेखनाथ नगरपालिका क्षेत्र आसपासका खुला चौर,पाखा, भीर, बगरहरु खुला एवं उजाड देखिन्थे। आजकाल तीनै चौर हरिया झाडिले ढकमक्क ढाकिएका देखिन्छन। उजाड ठाउँ हरियो देखिनु त राम्रै हो तर यो हरियाली देखेर खुशी हुनुपर्ने अवस्था छैन। किनकी यो डाँडाकाँडा ढाक्ने गरेर उम्रेको झार अरु केही नभएर एकप्रकारको बनमारा किसिमको झार हो जसलाई बिभिन्न ठाउँ अनुसार गन्ने, गन्धे, गनाउने झार, घोप्टे काँडा, बनमारा आदि नामले बोलाइन्छ। यो झार यती भयंकर गतिमा फैलिंदै छ कि अबको केही बर्षमा पोखरा र लेखनाथ नगरपालिका क्षेत्र र आसपासका क्षेत्रमा केवल यही झार मात्र देखिन पाइने दिन पनि आउन सक्छ। अहिले पनि खुला चौर, छोडिएका जग्गा, सार्वजानिक या सरकारी जग्गा, सामुदायीक बनक्षेत्र, खोलाका बगर-तीर, प्लटिङ गरेर छोडेका ठाउँमा यो झार जताततै उम्रेको देख्न पाईन्छ।

पहिले एकदमै न्युन मात्रामा देखिने यो झार फैलिंदै ठुलो झ्याङ बन्ने भएकाले मानिसहरुले खेतबारीमा बार लगाउन प्रयोग गर्थे। यो सजिलै उम्रने र जस्तो माटोमा पनि हुर्कन सक्ने भएकाले अहिले आएर यसको प्रकोप फैलँदो छ। त्यसैको बिउ फैलिंदै गएर आज कास्की जिल्लाका दुबै नगरपालिका पीडित भएका छन। गाइबस्तु ले नखाने यो झार घरेलु प्रयोगमा पनि आउँदैन। बद्लिंदो जीवनशैली, बँसाइ सराइ, घट्दो खेतिपातीका कारण पोखरा र लेखनाथ उपत्यका र वरीपरीका क्षेत्रमा धेरै खेतियोग्य जमिन बाँझै रहन थालेका छन। तीनै खाली जमिनमा यो झार उम्रेर घाँस, पाती एवं अरु डाले घाँसलाई समेत बिस्थापित गर्दै एकछत्र फैलन थाल्छ। यसले माटोको उर्बराशक्ती त घट्छ नै, गाइबस्तुलाई खुवाउने घाँस, पाती र चरनको अभाव हुँदै जान्छ। जसरी दुबै नगरपालिकामा डेढ-दुइ दशक देखी बारीमा लाग्ने एक किसिमको शंखेकिराको प्रकोप रहेको छ, अहिले यो झारको प्रकोप भोली शंखेकिराको भन्दा पनि भयाबह देखिन्छ। त्यसैले यसले भोली बिकराल रुप लिनु अघि नै सरकारी स्तरबाट तुरुन्त अध्ययन/अनुसन्धान गरीइ रोकथामको
प्रयास गरिनु अत्यन्तै आवश्यक छ।

И®B @being_nrb

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s