लीला

 

 

आमा  – छोरी

 

‘उती टाढा’ट त्यती ढिला एक्लै आकी होस् हिजो?’

‘अँ एक्लै आकी, बाटाँ बस बिग्र्यो, त्यै भर ढिलो भको’

‘तँ त कुन्नी कस्को मोटरसाइकलाँ बसेर आकी थिस् रे, पँधेराँ कुरो गरेको सुनिथेँ।’

‘अँ… बस बिग्रेसी गाउँकै एकजाना बाबुलाई पुर्याइदिनु भनेर आकी, ढिला भो भनेर पारी गाउँटै फर्कनु भो’

‘बिहे भएर गकी छोरी, राती राती अरु छोरामान्छे सँग मोटरसाइकलाँ हिँडेको देखेपछी मान्छेले कती कुरा काट्छन? बिचार गरेस है छोरी।’

‘हैन के भन्न खोज्नुभको तपाईंले? घरमा सासु कचकचे, माइत आमा उस्तै, पोइ छैन घरमा, म काँ जाम? मरम?’

‘कचकच गरेकी हैन मैले, तर ज्वाँई हुनुहुन्न घराँ, जमाना ठीक छैन, तँ नि बालखै छेस, बाटो बिराउलिस र दु:ख पाउलिस भनेर सम्झाकी मत्रै।’

********************************************************************************

 

 

बाउ – छोरी

 

‘कती दिन बस्छेस त छोरी? सम्धिनी जाती नै हुनुहुन्छ? ज्वाँईले फुन गरीराख्नु हुन्छ होला नि?’

‘तपाईंकी सम्धिनीको कुरै नगर्नुस् मसँग, एकछिन बसेको देख्न सहन्नन्। खुब बिहेपछी नि पढाऊंछु भनेथे, कम्पुटर पड्छु भन्दा नि पैसा दिन्नन। पोइ बिदेश छन भनेर के गर्नु? एक रुपैयाँको मुख हेर्न पाकी छैन आजसँ’    

   

‘के लाई पड्न पर्‍यो र कम्पुटर र सम्पुटर?’

‘अचेल जम्मैले पड्चन, म नि पड्छु, त्यै पड्न पैसा माग्न आकी हूम्’

‘के कती लाऊँच पैसा?’

‘पन्द्र हजार’

********************************************************************************

 

 

सासु – बुहारी

 

‘ओइ बुहारी, जतिखेर पनि त्यो ढोका बन्द गरेर के गर्दै बस्चेस? म यत्रो घाँसको भारी लिएर आइसकेँ, अझै डियाँलाई घाँस नि नहालेकी, गाउरी नि खाली रचन, कुँडो नि नखुवाएकी? सुतेकी छस कि के हो?’

 

‘अँ, म त एकछिन कोठामा टाउको दुखेर आराम गर्दा नि सुतेको हुन्छ हैन?’

 

‘अब मलाई भने पो थाहा हुन्छ त बा। म त बुढी भैसकेँ, बुढाबुढी एकोहोरा हुन्छन रे, त्यस्तै भएकी हूँली, क्यार्न रिसाऊँचेस?’

 

‘भो भो धेरै च्याउरो पसार्न पर्दैन, मै ल्याउँछु पानी, मै खुवाऊँछु कुँडो, मै गरम्ला जम्मै काम। बुहारी हो र? नोकर्नी पो बनार ल्याका नि मलाई त’

 

‘कस्ती चोथाले बुहारीको फेला पारीयो गाँठे, केही बोल्यो कि पोलिहाल्छ। भएभरको जम्मै काम मै बुढीले गरेर भ्याऊँदिन, अझ उसैलाई नोकर बनाएँ भन्छे।’   

********************************************************************************

 

 

लोग्ने – स्वास्नी

 

‘हेल्लो’

‘दर्शन हजुर’

‘आशिर्बाद छ बुडी, आराम छौ?’

‘अँ बँचेकै छु’

‘कस्तो कुरा गरेकी, के भयो?’

‘केही नि भछैन, अनी हजुर कस्तो हुनुहुन्छ?’

‘म आराम छु, अनी तिमी के गर्दै बसेकी नि?’

‘म भक्कसी पँधेराँ गर आर डियाँलाई कुँडो ख्वाउन लाकी, हजुर को फोन आयो’

‘क्यारी जाँगरिली बुडी पाइएछ भन्देखी’

‘हिहिही अनी हजुर को त्यहाँ काम कस्तो छ?’

‘मेरो ठिकै छ, जतिखेर नि तिम्रै याद मात्रै आऊँच।’

‘भो भो धेरै फुर्क्याउन पर्दैन, उतैका तरुनी सँग गफिएर बस्दा फुर्सद हुन्न होला, मलाई ठीक्क पार्न त्यती भन्नि’

‘सत्ते, तिम्रो कसम। मैले तिमी बाहेक अरु आईमाईको त कल्पना नि गर्न सक्दिन।’

‘अँ पत्याएँ खुब।

‘साँच्ची हो, म तिमीलाई धेरै माया गर्छु लीला’

‘म नि हजुरलाई धेरै माया गर्छु, हजुर आउने बाटो कुरेर बसेकी छु’

‘अनी आमा खोइ त?’

‘आमाको त दिनभरी गाम डुल्ने बाहेक अरु के काम भयो र? जानुभयो होला नि गाम डुल्न, म छु केरे जम्मै कुरा धान्दिनी’

‘ल ल म आमालाई सम्झाऊँला’

‘एउटा कुरा भन्न थियो’

‘अँ भनन’

‘मलाई कम्पुटर सिक्न मन लाइच’

‘ठिक छ नि, सिक न त, कती लाऊँच पैसा?’

‘जम्मा बीस हजार रे’

‘ए ल ल, जम्मै पैसा तिम्रै नाममा पठाइदेको छु क्यारे, निकाल न। अहिलेलाई मेरो काम पर्‍यो, फोन राख्दिएँ है’

‘हस’

********************************************************************************

 

 

खेताला – 

 

‘अघी त्यो होटल को मान्छेले मलाई कस्तरी हेरेको’

‘हेरोस् न त, राम्री छेउ, अनि हेर्दैनन् त?’

‘मलाई बजार का जम्मै होटलका मान्छे ले चिन्नी भए, भोली बुडो आएसी थाहा पायो भने?’

‘हाहाहा केइ हुन्न। तिम्रो त्यो पाखे बुडोलाई यताको होटल को ‘ह’ पनि थाहा छैन।’

‘अब आउने बेला हुन लाइसक्यो, मलाई त कस्तो डर लाइरच’

‘म छु नि, किन डराकी?’

‘आत्थुथु, कति चिसा हुन तपाईंका हात?’

‘तिमी तताइदेउ न त’

‘हेर यो मान्छे लाई कति हतार भएको होला?’

‘हतार हुन्न त? यत्रो दिन पछी बल्ल चानस पाइएको छ’

‘मैले घराँ कम्पुटर सिक्ने भनेर बहाना बनाकी छु, पैसा नि फुत्काकी छु, अब त दिनदिनै भेट्न पाइन्च।’

‘म्वाह्…. मेरी लीला रानी’

‘हिहिही त्यस्तो नगर्नु न, काउकुती लाग्छ के’

‘गर्छु के’

‘पिलिज, हिहिही’

‘एकछिन आँखा चिम्ल त’

‘ओइ फोहोरी, के गरेको?’

‘फिलिम मा हेरेकी छैनउ?’

‘छी छाडा मान्छे’

*

*

*

बिप

बिप

बिप 

😛

********************************************************************************

 

 र क्लाइमेक्स –  

 

‘ए बाबु, ल न यो मेरो छोराको नम्मरमा फुन लाइदेउ। बुहारी कता गई कता। सधैं कम्पुटर हो कि के जाति हो सिक्न जान्छु भनेर बेसी तिर झर्थी, आज तीन दिन भो, घरै आकी छैन। माइत पो गकी हो कि भनेर बुझ्न पठाइथेँ, माइत नि गकी रैनछ। छोरो आउने भयो भन्ने थाहा पाको दिन देखी त्यस्को अनुहार निन्याउरो देखिथेँ। कोठामा गएर हेरेकी, जम्मै गहना फाटो लिएर गएकी रहिछ। बिहे भएको दुई महिनामै छोडेर हिँडेको छोरो आउने भरे भोली हुँदा बुहारी घराँ छैन। अब के भनेर भनूँ म छोरालाई? हरे के दशा आइलाग्यो नि म बुढीलाई।‘       

 

–    सकियो –

Advertisements

2 thoughts on “लीला

  1. साह्रै राम्रो लाग्यो , यसको भाग २ पनी पढ्न पाईयोस्

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s