लीला रिटर्न्स

(​प्रस्तुत लेख यसै ब्लगमा प्रकाशित सामाजिक कथा ​”​लीला​”​ को सिक्वेल को साथसाथै केहि समय अघि १० कक्षाको परिक्षामा सोधिएको ‘आफू धन कमाएर घर फर्किंदा आफ्नी श्रीमती पोइल गएपछि आफ्नो मनमा उठेका भावहरु समेटी एक मनोवाद लेख्नुहोस’ प्रश्नमा मा आधारीत छ। मानिसको मनमा खेल्ने कुरा कल्पना गरेर लेखिएको भएकाले यसमा केही अपशब्द पनि समावेश छन् त्यसका लागि म लेखक अग्रिम क्षमाप्रार्थी छु। म ब्याकरण स्याकरण ख्याल गर्दिन,​​ बिशुद्ध साहित्यका पारखी हरुलाई यो लेख अवश्य मन नपर्न सक्छ।​ पढ़नुहुने सबैलाई धेरै धेरै​ धन्यबाद!​)​

के सुन्न पर्यो यस्तो? आमा त भन्नु हुन्छ लीला भागी रे। उफ् के आपत आइलाग्यो? कस्तो खोटो कर्म ल्याएको रहेछु भनेदेखि। घर जाने दिन आउन लागिसक्यो। घर जाऊँला, के के गरौंला, लीलासँग कहाँ कहाँ घुम्न जाऊँला, भन्ने सपना थियो। सब चकनाचुर भयो। दुइ महिनाकी बेहुली छोडेर आएको, आज आएर बुढी भागि ​भन्नुहुन्छ आमा​, म त के गरूँ के गरूँ भैसकें। अझै १५ दिन ​पछिको छ फ्लाइट, अहिल्यै ​घर ​जान्छु भनेर पनि मिल्दैन। उता आमा ​सार्है ​आत्तिएकी छिन।

कोसँग भागेकी होलि तानी त्यो रन्डी? गाम्​ मा​ एकसेएक घरभाँडुवा फूँडाहरु छन्, कुन चैं असत्तीले ​उकास्यो​। गाम् मा त्यत्रा कन्ने कुमारीहरु छन् केरे नि, फेरी मेरै स्वास्नी ताक्नु पर्ने त्यस्किमा ठास्निलाइ? भेटुँ न मत्रै, दुइटैलाइ काट्दिन्छु। छाला तारेर नुन खुर्सानी दलेर कालिगण्डकीको भीरबाट खसालिन भने म पनि एक बाउको छोरो हैन ल। अझ त्यो रन्डीलाइ त के के पो गर्छु, भेटुँ न मत्रै। तर कहाँ पो टाप कसी कुन्नि? आफु सोझो, गाम्, कुस्मा बजार र मलेसिया बाहेक अरु कतै थाह छैन। मै धेरै सोझो हुनाले नै हेपी जांठीले। कुन्नी कस्ता दिनाँ भित्राएछु अलक्षिनी जांठीलाइ?

गाम् मै पाँडेकान्छाकि छोरीसँग​ बिहे गर्नी भनेर​ टाकटुक कुरो मिलिसकेको थियो, आफ्नै आँखा अगाडी हुर्केकी, राम्री, घर गरेर खानी जस्ती थिइ। ख्याँस्स कहिले जमानाको झगडाको निहुँ पारेर कुरो बिगारे। अर्की थिइ मामाकाँ नेरकि, बेलैमा टुहुरी भकी, दुख पाकी थी, मामाघर जाँदा यसो जिस्काइदिन्थे, पट्टिइछ, “मलाइ लैजाउ, फुपुलाइ सुख दिएर राख्छु” भन्थी। “तँ क्षेत्रीकि छोरीलाई त यत्रो नि लान्न” भनेर आँफैले ठुला कुरा गरें। काँबाट जिल्लै काटेर गइयो, राम्ररि बुझ्दै नबुझी ​बिहे गरेर ल्याइयो, आज आएर धोका पाइयो। कुरो ल्याउने त्यहि नन्दे साहिँलो हो, सबभन्दा पहिले त त्यसैको घाँटी न्याक्न मन छ।

हुन त आर्काको घाँटी न्याकेर पनि के नै हुन्छ र अब? नजानु इज्जत गैसक्यो। आफ्नै माल अगतिलो भएपछी अर्कालाई के दोष दिनु र खै? हुन पनि नाकै पो काटियो गाँठे। कसरि होला घर गाम् मा थुतुनो देखाउने? ओहो… घर गएर त लाजै हुने भयो। सप्पैले थाह पाइसके होलान। पंधेराँ कति कुरा काट्दा हुन्? साथीभाई पनि “इ यस्की स्वास्नी पोइला गकी” भन्लान। “एउटी स्वास्नी सम्हालेर राख्न नासक्नी लाछी, नामर्द” भन्लान मलाइ। अरु पनि के के सुन्न पर्नी हो। अब सुन्नै परे पनि आफ्नै घर हो, जति जान्न भने पनि एक दिन जसै जानै पर्छ। जे पर्ला पर्ला, जान्छु।

बरु स्वास्नी रिझाउन भएभरको कमाइ जम्मै उसैको नाममा पठाइयो। जम्मै लिएर हिँडेकी त होली। म यहाँ रातदिन नभनी खटिएर कमाएको पैसा त्यसले त्यसरी उडाउन पाउँछे? एक एक रुपियाँ हिसाब गरेर उतार्छु, सुक्को छोडे त मै पोडे। अझ गहना गुरिया पनि जम्मै पोको पारेर हिंडेकी छ रे। जांठीलाइ नभेटे त्यसका बाउआमा संग’ट भए नि असुल्छु। नदिएर सुख? त्यसैका लागि भए नि जानै पर्छ। तर यो १५ दिन पो क्यारेर काट्नी हो कुन्नी? हिजो आमासँग कुरो भएपछि न भोक लागेको छ न निन्द्रा। यस्तो तालले कसरि काम गर्न सकिन्छ खै? बरु आमा क्यार्दै होलिन कठै? बिहे अघि त उनैलाई पठाइदिन्थें पैसा, बिहे गरेसी ठ्याम्मै पठाइन। स्वास्नी भनेकी राँडीले “दिई राखीचु” त भन्थी, तर के दिंदी हो जांठीले। बुढी मान्छे, बिरामी सिरामी पर्दि हुन्, क्यारेर खर्च जुटाऊँदि हुन् बरै। यत्रो दुइ बर्षसम्म आमाको खासै यादै गरिएन। थुक्क मजस्ता कुपुत्र हुनु भन्दा त सन्तान नै नभएको जाति। आज आमालाई सम्झेर खुब मन पोलेको छ। मेरो र मेरी आमाको आँशुले त्यल्लाई झन् पोल्नेछ, जांठीले कुक्कुरले नपाउने दुख्ख पाउनीछे अनि बल्ल ख्याँस खान्छे।

कम्प्युटर सिक्छु भन्थी, रमजानमा सेलमा पाएर उसैको लागि ल्याप्टप किनेर राखेको छु मैले। म भने यति माया गर्छु उसलाई। बिहे गरेर पनि खासै धेरै दिन सँगै बस्न पाइएन, कतै घुम्न पाइएन। झन् यो पाली धित मर्ने गरेर टन्न घुमौंला, फोटो खिचाम्ला, फेसबुकाँ राखाम्ला, साथेभाइलाइ देखाम्ला भन्ने कत्रो सपना थियो। सब चकनाचुर भयो। दुइजना संगै टाढा गएको भनेको मेरो फ्लाइट हुँदा त्यहि काठमान्डौसम्म गइयो तर कतै घुम्न नि पाइएन। हुन पनि छुट्टिने बेलामा पनि कत्ति पनि दुखी थिइन। मै बरु रोउँला जस्तो भैसकेको थिएँ। पक्कै पहिल्यै देखि कोइ हुनुपर्छ। म गैदिएपछि त उसलाई पो मोज भयो नि। उता नाठो खेलाउनी, यता मसँग ठिक्क पार्नी, मलाइ दशथरी सपना देखाउनी। “गाम् मा बस्न सक्दिन अब म, बजार झर्न पर्छ” भन्थी। “आमालाई नि ल्याउने” भन्दा “कि आमालाई रोज्नुस कि मलाई” भन्थी, म​ धन्नै​ बुढी भएकी मेरी आमालाई गाम् मै छोडेर बजार झर्ने प्लान बनाइसकेको। ​

लीला ​फेसबुक चलाउ, हाम्लाई कुरा गर्न सजिलो हुन्छ भनेर फेसबुक चल्ने फोन पठाइदिएँ। जान्दिन म, घरको धन्दो गर्दैमा फुर्सद नि हुन्न भनेर टारी। मसँग बोल्नै मन रहेनछ र पो त। नत्र यो जमानामा फेसबुक कसले चलाऊंदैन? एकाउन्ट त खोलि होलि नि नाठो सँग बात मार्न। खै बरु आफ्नै फेसबुक खोल्न पर्यो एकताल। हरे, यो ट्वाइलेट बसेको बेलामा त फेसबुक खोल्नै हुन्न भ​न्या। हजार थरी भगवानका र मन्दिरका फोटा हालेका हुन्छन। हग्दै के भगवानका फोटा हेर्दै बस्नु? भैगो बरु गीत सुन्न पर्यो। यो अन्जु पन्तले किन सेन्टी गीत मात्रै गाऊँछे भनेको त मान्छे लाइ यस्तो सम्म पर्दोरहेछ र पो। जुन गीत सुन्दा नि मेरै कथा सुनेर मेरै लागि गाइदिए जस्तो लाग्ने। अस्ति दशैंमा हिन्दु गीत गाइन रे भनेको सुन्दा त मन पर्न छोडेकी थिइ, फेरी अहिले आएर मन पर्न थाली। धन्न गीत चैं डिलिट गरेको रहेनछु।

अब ड्युटी जान पर्यो। क्यार्नी, अर्काको ठाम् मा आफ्नो ब्यथा बुझ्दिने कोइ हुन्नन्, मनभित्र जे जस्तो भए नि काम त गर्नै पर्यो। तर आज कसैको मुख हेर्न मनै छैन, जसको अनुहार देखे पनि रिस उठेको छ।​ ​अघि बाहिर बसेर चुरोट तान्दै​ ​के के सोच्दै टोलाएको रहेछु, अर्को रुमको धोतीले पछाडी बाट आएर “कैसा है?” भनेर झस्काई दियो। मुजिलाई “हेर् अइसा है” भनेर देखाइदिम जस्तो झोंक चलेको थियो। दिनदिनै “कैसा है?” र “के छ?” बाहेक अरु सोध्ने कुरै हुन्नन् है मान्छे सँग। फेरी जस्तो भए नि “ठिक है”, “ठिकै छ” भन्नुपर्ने रे। “मेरी श्रीमती पोइला गइ है मेरा सारा कमाइ लेकर” भन्न नमिल्ने।

लीला लाइ मैले त्यस्तो माया गर्थें, के कुरामा कमी गरेथें र आज मलाइ छोडेर गइ? अस्ती भर्खर त हो बोलेको, राम्रैसंग बोलेकी थिइ, “आइ लभ यु” नि भ​नीथि, “मलाइ के ल्याइदिनुहुन्छ?” भनेर नि सोधेकी थिइ, “तिमि जे भन्छौ त्यहि ल्याइदिम्ला” भन्दा “मलाइ हजुर आइदिए मात्र पुग्छ, अरु केहि चाहिंदैन” भनेकी थिइ। यति माया गर्ने बुढी त कस्सैको नि छैन होला भन्ने सोच्दा मनै कस्तो फुरुंग भथ्यो।​ ​एक्कासी के भयो कुन्नी? यो आइमाइको दिमागमा के चलेको हुन्छ, थाहै नहुने। ​साँच्चै​ पोइला नै गएकी होली र? कतै सासु बुहारी झगडा गरेर कसैलाई भन्दै नभनी कोइ साथे कोमा पो गएकी होकी? फेरी मोबाइल अफ छ। के हो के कुरा, बुझ्नै सकिन मैले त। बरु आमालाई नै फोन गरेर एकपटक राम्ररी सोधेर बुझ्नु पर्यो अनि काममा जानपर्ला।

यी बुढाबुढी फोन कता राखेर हिँडछन् कुन्नी? कि घन्टी बजेकै सुन्दैनन्? एनटिसी को नेटवर्क, बल्लबल्ल गरेर फोन जान्छ, तर फोन उठ्दैन। भैगो बरु एउटा चुरोट खाँदै एकछिन फेसबुक हेर्न पर्यो अनि काममा जानपर्ला। धेरै भैसकेछ स्टाटस नराखेको पनि, आज एउटा राख्न पर्यो।

“निष्ठुरी भयो तिमि आज म देखि धेरै टाढा भयो,

म बाट तिमीलाई दिएको मायामा के कमी भयो” ​

Your Status Has Been Updated ​

मन को ठुलै ​बोझ बिसाए झैं लाग्यो। अब अरुले के के हालेका छन् एकताल सररर हेर्नपर्यो।

Prakash Thapa Shared His Own Status

“दुख के हो थाह थिएन, मरुभुमीमा बालुवा चाल्दा थाह भो,

जिबन के हो थाह थिएन , आज धोका पाएसि थाह भो ”

ए मेरो जस्तै परेछ बिचरालाइ, एक लाइक हान्दीन पर्यो।

“हलेसी महादेवको फोटो देखेको तीन सेकेन्डमै लाइक गर्नोस”

पाप लाग्ने पो हो कि, लाइक त गर्नै पर्यो।

Onlinekhabar.com shared a link

सुर्खेतमा बस दुर्घटना, मृतक को संख्या १८ पुग्यो।

ओहो नेपालमा कति धेरै एक्सिडेन्ट भका हुन् अचेल? अस्ति भर्खर मकवानपुरमा, अनि बर्दियामा, अनि धादिङ्मा पनि एक्सिडेन्ट भएको समाचार आएको थियो। हुन पनि इत्रुका बाटा छन्, त्यत्रा बिधि गाडी छन्, मान्छे भेडाबाख्रा जसरि कोच्छन, फेरी उनैलाई धेरै हतार हुन्छ, अनि किन नहोस त एक्सिडेन्ट। गाडी चढ्न त यतै ठिक, कति फराकिला बाटा, ट्राफिक बत्ति भएसी जाम नि नहुने रहेछ, बस मा नि भिड हुन्न। नियम कानुनमा चले पो राम्रो हुन्थ्यो।

नेपालजापानडटकम shared a link

“श्रीमती भागेपछी छोराछोरी मारेर आत्महत्या”

ए आम्मा हो, यति सारै कमजोर मान्छे? जाबो श्रीमती भागी भन्दैमा मर्ने? थुक्क लाछी, आफु मरेपनि ती लालाबालालाइ किन मार्नु परेको? आँफैले जन्म दिएका सन्तानलाई आँफैले मार्दा अलिकति पनि हात कामेनन होला त्यसका? ती बच्चाको पहिलो स्पर्श, पहिलो मुस्कान, पहिलो शब्द, तोते बोली अनि ती निर्दोष मुस्कान, केहि याद आएन होला? ती नाबालकहरुको घाँटी निमोठ्दा “ऐया बाबा दुख्यो, नगर्नु न” भनेर रोए होलान, त्यतिबेला पनि त्यो पापीको मन किन पग्लेन होला? त्यस्ता काइते लोग्ने लाइ छोडेर जानु त त्यो आइमाईको सद्बुद्धि नै हो तर ती केटकेटी भने संसारका सबैभन्दा अभागी रहेछन जसले त्यस्ता अभिवाबक पाए। त्यस्ता कायर बाबुको छत्रछायाँमा बाँचेर खासै राम्रो भविष्य त थिएन ती केटकेटी को तर ती बल्ल फक्रिन लागेका कोपिला त्यसरी फुल्नु अघिनै निमोठिनु गलत थियो। उसकी स्वास्नी भागेकी, मेरी पनि भागेकी, यति मात्र समानता हो तर म त्यो ठास्नी जस्तो पशु चाहिँ छैन। त्यस्ता नाथे स्वास्नी गइ भनेर आफैलाई पासो लाउने, दुखी भएर बस्ने त्यस्तो केहि गर्दिन म। जन्म दिने आमा छिन, मरिन्जेल साथ दिन्छिन, तीनैलाई स्याहारेर बस्छु नि बरु। मामाकाँ नेरकी क्षेत्रिनी अझै रहिछ भने त्यसैलाई बिहे गरेर घरजम गर्छु, त्यो पनि नभए अरु कोहि खोजम्ला, तर खुशीसाथ बस्छु। एउटीले छोडेर गइ भन्दैमा मेरो जिन्दगी नै सकिएको त छैन नि. दुख भनेको सबैको जिन्दगीमा आऊँछ, मेरोमा पनि आयो तर म आत्तिन्न, बाटो बिराउन्न, कसले के भन्ला भनेर नि सोच्दिन। न म पहिले गलत थिएँ, न अहिले नै छु, म किन डराउने? घर जान्छु, जसलाई जे जे गर्नपर्ने हो, त्यो गर्छु, अनि अर्को जिन्दगी शुरु गर्छु। धन्यबाद त्यो कायर हत्यारालाइ जसले मलाइ बाटो बिराउनु अघि नै सही बाटो देखाइदियो। ​ -​सकियो –

Advertisements

One thought on “लीला रिटर्न्स

  1. सोल्टी ब्या गरेर कलिलो बैँशको मुहान फुटाएर बिदेश जाने अनी मैले के बिगारी र भन्ने?

    बैशले भिजेको मुजी नसुक्दै बिदेशिए पछी मान्छे हो भड्कीहाल्छ नी, अनी मेलै पाएको चान्स समाइ हाले।

    तेरी लिलाको प्यास बुझाउन मेरो कती खर्च भा’को छ, त्यो पैसा तिर्नु अनी बल्ल गहना फिर्ता लिने कुरा गर्नु ठास्नी 😀😀

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s