जिन्दगी यस्तो होस…

म होऊँ
ऊ होस्
सानो संसार होस्
केही दु:ख होस्
केही सुख होस्
तर केवल हाम्रो होस् !

शान्त होस्
न मेरो आँसु झरोस्
न उसलाई रुन परोस्
हाँसो होस या आँसु
कोही बाहिरी व्यक्ति
त्यसको कारण नबनोस् !

हामीबीचमा
सीमा नकोरिऊन्
कुनै परिधि नहोस्
बेफिक्री बेपरवाह
सताउँदै, फकाउँदै
माया गरिरहन पाइयोस् !

म ऊसँग हारूँ
ऊ केवल मसँग हारोस्
मैले उसलाई जित्न सकूँ
उसले मात्रै मलाई जितोस्
एक-अर्कासँग हार्दै, जित्दै
यो जिन्दगी यस्तै बितोस् !

कि त जिन्दगी यस्तो होस्
या त जिन्दगी नै नरहोस् !
image

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s